Logo

‘डिजिटलाइज्ड’ युगको सुरुआत



काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीबीच डिजिटल प्रविधि उल्लेख्य विकास भएको बताएका छन्। कोभिड–१९ ले प्रत्येक सर्वसाधारणबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्स, डिजिटल पेमेन्टलगायत प्रविधिले एकआपसलाई जोड्ने प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मक रूपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्स, अनलाइन सपिङ, डिजटिल बैंकिङ र ई–लर्निङलगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलाप नेपालका सहरी क्षेत्रमा मात्र होइन, धेरै स्थानमा आमजीवनको अंग बनेका छन्’, राजधानीमा शनिबार आयोजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० लाई भर्चुअल प्रविधिमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।

ओलीका अनुसार सरकारले मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाएर सिंहदरबार र बालुवाटारमा एक्सन रुम स्थापना गरी भर्चुअल प्रविधि प्रयोगमार्फत डिजिटलाइज्ड युगको सुरुआत गरिएको छ। सरकारले पहिलो पटक डिजिटल नेपालको खाका तयार पारी ई–गभर्नेन्सको नीतिगत आधार कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो।

उक्त डिजिटल नेपाल खाकामा कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी ८ प्रमुख क्षेत्रको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको छ। यसका साथै, यी ८ क्षेत्रलाई समेट्ने गरी नेपाललाई आर्थिक–सामाजिक प्रगतितर्फ निर्देशित गर्ने उद्देश्यसाथ ८० डिजिटल पहल पहिचान गरिएको छ।

उक्त डिजिटल नेपाल खाकामा कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्ता र डिजिटल फाउन्डेसन गरी ८ प्रमुख क्षेत्रको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्