Logo

अक्सफोर्डद्वारा विकास गरिएको कोरोनाविरुद्धको भ्याक्सिन यसकारण प्रभावकारी र सहज



एजेन्सी, १४ मंङ्सिर । अक्सफोर्ड र एस्ट्रेजेनेकाको संयुक्त साझेदारीमा निर्माण गरिएको कोरोना विरुद्वको खोपको तेस्रो चरणको परीक्षणमा रहेको छ । परीक्षणको क्रममा रहेको खोपको विषयमा तत्काल निकै प्रश्नहरु उब्जिएको देखिन्छ । एस्ट्रेजेनेकाद्वारा निर्माण गरिएको खोपको प्रभाव ९४.५ देखि ९५ प्रतिशत सम्म देखिएको जनाइएको छ ।

त्यसैगरी, मोर्डना र पी फइजरद्वारा निर्माण गरिएको खोपको प्रभाव ७० प्रतिशत मात्र देखिएको छ । यसले एस्ट्रेजेनेकाद्वारा निर्माण गरिएको खोपले अन्यको तुलनामा कोरोनाविरुद्व लड्न मद्दत पुर्याउने जनाइएको छ । निर्माण भइ बचारमा आउन अझ कमेही समय लाग्न सक्ने छ ।

कतिपय खोप कस्ता देशले किन्न सक्ने र गरिब मुलुकले आफ्नो नागरिकका लागि खोप किन्न सक्ने छ की छैन् भन्ने प्रश्न खडा भएको छ । खोप निर्माता कम्पनीहरुले गरिब मुलुक समेतलाई ध्यानमा राखी खोपको मूल्य तय गर्न आवश्यक रहेको बुझिन्छ । बेलायत सरकारले खोपलाई शुक्रबार मान्यता समेत दिइसकेको छ ।

पी फाइजरद्वारा निर्माण गरिएकोको सुरुवाती डोज बेलायत र अमेरिकामा वितरण गरिनेछ । त्यसैगरी मोर्डनाद्वारा विकास गरिएको खोपको डोज सन् २०२१ को मध्यसम्म अमेरिकामा चलाइने भनिएको छ । तर, अक्सर्फड र एस्ट्रेजेनेकाद्वारा निर्माण गरिएकोले विश्वलाई खोप प्रदान गर्ने गरी राम्रो खबर सार्वजनिक गरेको छ । यसले गरिब तथा धनी राष्ट्रहरुलाई पूर्ण मात्रामा वितरण गरिने छ ।

एस्ट्रेजेनेकाले मध्य र गरिब मूलूकलाई मिलिअन डोज पुर्याउने बाचा गरिसकेको छ । एस्ट्रजेनेकाले खोपबाट कुनै फाइदा नलिने गरि गरिब र मध्य गरिब मूलूकलाई दिने जनाइएको छ । एस्ट्रेजेनेकाद्वारा निर्माण गरिएको खोपलाई फ्रिजीङ तापक्रममा राख्न आवश्यक नरहेको बुझिएको छ । एस्ट्रेजेनेकालाई फ्रिज तापक्रम २ देखि ८ डिग्रीमा करिब ६ महिनासम्म राख्न सकिने छ । त्यसैगरी मोर्डनालाई माइनस २० डिग्रीमा राख्नु पर्ने हुन्छ । त्यसैगरी पी फाइजरलाई माइनस ७५ डिग्री तापक्रममा राख्नु पर्ने हुन्छ । पी फाइजर र मोर्डनालाई चाहिने तापक्रम प्राय जसो उपलब्ध नहुनेकारण यसको वितरणसहज हुन गरिब मूलूकलाई मुश्किल देखिएको छ ।

कोरोना खोप निर्माण भएता पनि यसको मूल्यले वितरण सुनिश्चत गर्ने छ । कोरोना खोपको दौडमा तत्काल अत्यधिक कम्पनीहरु लागि परेको छ । कोरोना रोकथाम खोपबाट मात्र सम्भव देखिएको कारण खोप निर्माणलाई तीव्रता दिइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्