काठमाडौं, १४ मंसिर । नेपालको एक दिने भ्रमणमा रहको चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेलाई भद्रकालीस्थित जंगीअड्डामा नेपाली सेनाको एक टोलीले सम्मान गारद अर्पण गरेको छ । रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, उनले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
General Wei Fenghe, Defence Minister and State Councilor of the People’s Republic of China, inspects and receives the Guard of Honour at the Army Hqs.
—
मित्रराष्ट्र चीनका रक्षामन्त्री General Wei Fenghe जङ्गी अड्डामा सम्मान गारद ग्रहण तथा निरीक्षण गर्नु हुँदै ।#GuardofHonor pic.twitter.com/7P1sZB6Fi7— NASpokesperson (@NaSpokesperson) November 29, 2020