Logo

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना



काठमाडौं, मंसिर २१। न्यूनचापीय प्रणालीको प्रभावका करण आज देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री र अधिकतम तापक्रम १९ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस छ ।



प्रतिक्रिया दिनुहोस्