Logo

एक्सपान्सन ज्वाइन र डिस्मेटेबल बक्स आइपुगेन



दोलखा, मंसिर २१ । बहुचर्चित ४५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्स भारतबाट आउन नसक्दा आयोजना निर्माणको गति सुस्त हुनुका साथै परीक्षण र उत्पादन गर्ने मिति अनिश्चित भएको छ ।

भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेलवे इन्जिनीयरिङले कोलकाताबाट पेनस्टकको एक्सपान्सन ज्वाइन तथा डिस्मेन्टेबल बक्स ढुवानी समयमै गर्न नसक्दा आयोजना निर्माणको गति सुस्त हुनुका साथै उत्पादन मितिसमेत अनिश्चित भएको हो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट कहिले विद्युत्को परीक्षण उत्पादन हुन्छ भन्ने बारेमा मिति तोक्न सकिने अवस्था अहिले नरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । आयोजनाले कोलकाताबाट एक्सपान्सन ज्वाइन तथा डिस्मेन्टेबल बक्स ल्याउन सप्लायर्सलाई ताकेता गरिरहेको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेको भनाइ छ ।

एक्सपान्सन ज्वाइन तथा डिस्मेन्टेबल बक्सलगायत सामान तथा अन्य केही आवश्यक उपकरणको ढुवानी भएमा आयोजनाको डिसेन्डर, टनेललगायत संरचनाहरूको परीक्षण फागुनबाट गर्न सकिने न्यौपानेले बताए । आयोजनाको सुरुङ, पेनस्टकलगायत परीक्षणपश्चात् मात्र विद्युत् उत्पादन परीक्षणको मिति तोक्न सम्भव हुने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्