काठमाडौं, मंसिर २२ । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौं महानगरलाई दुई थान कम्प्रेस्ड गार्बेज ट्रक उपहार पठाएको छ ।
काठमाडौँ महानगरको निम्तोमा २०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासानगरका मेयर गुहेओ गुहेओ आएका थिए ।यी ट्रकको मूल्य करिब एक करोड ९० लाख रुपियाँ पर्दछ ।