काठमाडौं,मंसिर २३। नेपालको उड्डयन क्षेत्रमा यूरोपेली संघ (ईयू) ले लगाएको प्रतिबन्ध फुकुवा हुन नसके पनि उसले नेपालको हवाई सुरक्षामा सुधार देखिएको धारणा सार्वजनिक गरेको छ ।
अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा ईयूले नेपालको हवाई सुरक्षामा सुधार देखिएको, हवाई उडानमा नेपालले गर्दै गएको सुधारका विषयमा आपूmहरू जानकार रहेको र हवाई सुरक्षामा देखिएका चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको अग्रसरताको प्रशंसासमेत गरेको छ ।
ईयूले आपूmले राखेका चासो सम्बोधन गर्ने गरी नेपाल सरकारले नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको तथा अन्य संस्थागत र प्राविधिक सुधारतर्पm भएका प्रगतिका विषयमा ईयू जानकार रहेको अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा ईयूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ईयूले सन् २०१३ को डिसेम्बरदेखि नेपालको हवाई उड्डयन क्षेत्रमा लगाएको प्रतिबन्ध अझै फुकुवा गरेको छैन । हवाई दुर्घटना बढेपछि ईयूले नेपाललाई कालो सूचीमा राखेको थियो । यसका कारण नेपाली हवाई सेवाप्रदायकले यूरोपमा उडान भर्न पाएका छैनन् ।
सन् २०१० देखि २०१२ सम्म नेपालमा भएको ५ हवाई दुर्घटनामा यूरोपेली नागरिकले ज्यान गुमाएका थिए । नेपालका हेलिकोप्टर कम्पनीसहित १८ ओटा विमान सेवा ईयूको कालो सूचीमा रहको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।