Logo

पाहाडी भेगमा बर्षाको सम्भावना



काठमाडौं, मंसिर २३ । पछिल्लो समय देशभर चिसो बढेको छ । भारतको झारखण्ड र आसपासमा कायम रहेको न्युन चापिय प्रणाली बढ्दै गएपछि तराईका जिल्लामा एक्कासी चिसो बढेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुने जनाईएको छ । साथै, प्रदेश २ मा आंशिक बदली हुने र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै, रातीसम्म प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।



प्रतिक्रिया दिनुहोस्