Logo

रुसपछि बेलायतमा धमाधम कोरोनाविरुद्धको खोप



एजेन्सी, २३ मंसिर । रुसपछि बेलायत कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणलाई लगाउने मुलुक बनेको छ । आज बेलायतमा ९० वर्षीया वृद्धालाई खोप लगाएर यसको शुरुवात गरिएको हो ।

बेलायतले फाइजर बायोनटेकले विकास गरेको कोरोनाविरुद्धको खोपलाई अनुमति प्रदान गरी प्रयोगमा ल्याउन थालेको हो । भ्याक्सिनको ८ लाख डोज चार लाख अति आवश्यकहरुलाई लगाउन शुरु गरिएको हो । पहिलो चरणमा ८० वर्ष कटेकाहरुका अलावा स्वास्थयकर्मीलाई खोप दिन थालिएको छ । बेलायतले भ्याक्सिनलाई अनिवार्य भने बनाएको छैन ।

यसअघि रुसले कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणलाई दिन थालिसकेको छ । रुसले गत हप्ता नै यसको शुरुवात गरेको हो । मस्कोलगायत रुसका विभिन्न भागमा खोप प्रयोगमा ल्याउन थालिएको हो । रुसी जनताले निःशुल्क खोप पाउने जनाइएको छ । त्यहाँ डेढ महिनाभित्र खोप अभियान पूरा गर्ने लक्ष्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्