काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइसँगै देशको उचाइ बढेको बताएका छन् । आज एक सन्देशमार्फत् उनले यसलाई खुशीको खबर भन्दै देशलाई अझ उचाईको बाटोतर्फ लाने दिशामा अग्रसर हुन आग्रह गरेका छन् ।
‘सगरमाथाको उचाईसँगै देशको उचाई बढेको छ,’ प्रधानमन्त्री ओलीले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेकोमा खुशी व्यक्त गर्दै भिडियो सन्देशमा भने, ‘हामी उचाईको बाटोतर्फ अग्रसर होऔं । उनले देशको उचाई पनि माथि उठेको बताए ।’
सगरमाथाको उचाई बढेर वा विगतको उचाइ मापन उपयुक्त विधि र समुचित नभएर बढेको हुनसक्ने बताए । हिमाल नयाँ भएकाले उचाई बढ्दै जानु स्वाभाविक भएको ओलीको भनाई थियो ।
आज नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाईको घोषणा गरेका हुन् । ८६ सेन्टिमिटर बढेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ पुगेको छ ।
सगरमाथाकाे उचाइसँगै देशकाे उचाइ पनि बढेकाे छ : हामी सबैलाई बधाई । नेपाल- चीन संयुक्त टाेलीलाई कष्टसाध्य मेहनतका लागि धन्यवाद । pic.twitter.com/KUkmbEBW5L
— K P Sharma Oli (@kpsharmaoli) December 8, 2020