Logo

भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता: प्रधानमन्त्री ओली



काठमाडौं, मंसिर २४। संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज डिसेम्बर ९ का दिन विश्वभर ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देशका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

भ्रष्टाचार जटिल सामाजिक, राजनीतिक र आर्थिक तत्व हो जसले सबै देशलाई उल्लेखनीय असर पु¥याउँछ । भ्रष्टाचारले लोकतान्त्रिक संरचना र संस्थालाई क्षति पु¥याउनुका साथै निर्वाचित सरकारलाई अस्थिर बनाउँछ र आर्थिक विकासमा सुस्तता ल्याउँछ ।

भ्रष्टाचारले लोकतान्त्रिक संरचना, नियम, कानुनमा क्षति पु¥याई कर्मचारीतन्त्रलाई घुसको दलदलमा फसाउँछ । भ्रष्टाचारले आर्थिक विकास ठप्प पारेर प्रत्यक्ष वैदेशिक लगानी हतोत्साही गर्छ र देश भित्रकै लगानीकर्तालाई पनि लगानी खर्च जुटाउनै कठिन पर्छ ।

त्यसैले राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित ग¥यो । सन् २००५ देखि लागू भएको यस महासन्धिलाई नेपालले अनुमोदन पनि गरिसकेको छ । महासन्धि अनुसार नै नेपाललै सम्पत्ति शुद्धीकरण गठन गरेको छ । त्यति मात्रै होइन भ्रष्टाचार विरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अङ्गीकार गरिएको छ ।

यस दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सन्देशमा भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् । उनले कोभिड–१९ को महामारीलाई पारित गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्