काठमाडौं, २४ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुप्रति कडा टिप्पणी गरेका छन् ।
आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन्-“गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ;२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ;३.गाडी नचढ,पैदल मात्र हिंड;४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड;५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!”