काठमाडौं, मंसिर २६ । हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि भूभागहरुमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ। यस्तै, राती भने देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ।