Logo

सांसद राजेन्द्र लिङ्देनको अवस्था के छ



काठमाडौं, २६ मंसिर । सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको छ । उनको अवस्थाबारे आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनी मेडिसिटी अस्पताल पुगेका थिए ।

चिकित्सकले लिङ्देनको अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका थिए । उनलाई निमोनिया भएको छ । कोभिड १९ को आशंकामा परीक्षण गरिएको छ । त्यसको नतिजा आउन बाँकी छ ।

बिहिबार साँझ लिङ्देनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनलाई श्वास प्रश्वासको समस्या बढेपछि ल्याइएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्