काठमाडौं, २७ मंसिर । के तपाईं कोरोना भाइरसको संक्रमित भई निको हुनुभएको छ ? यदि छ भने खुशी हुनुहोस् । रोग लाग्दा जति चिन्ता थियो निको भएपछि दोहोरा खुशी आउने भएको छ । एक पटक कोरोना संक्रमित भई निको भएकालाई कम्तिमा छ महिनासम्म फेरि कोरोना संक्रमण हुने सम्भावना लगभग रहँदैन ।
वैज्ञानिकहरुले कोरोना संक्रमित भई नीको भएकाको शरीरमा छ महिनासम्म एन्डिबडी रहने पत्ता लगाएका छन् । सेन्ट पिटर्सवर्गस्थित युरोपियन विश्वविद्यालयले यस्तो रिपोर्ट शुक्रबार सार्वजनिक गरेको हो । झण्डै सयजना संक्रमणमुक्त भएकाको अध्ययन गर्दा छ महिनासम्म एन्टीबडी भेटिएको अध्ययनले देखाएको छ । संक्रमितको ४ देखि ६ महिनाबीच दुईपटक परीक्षण गर्दा एन्टीबडी भेटिएको थियो ।
सँसारमा दोहोरिएर कोरोना संक्रमण भएको घटना विरलै छ । यसको कारण व्यक्तिसँग रोग प्रतिरोधात्मक क्षमता विकास हुनु मुख्य कारण हो ।