Logo

जलवायु परिवर्तनको असर न्यून गर्न हरित यात्रामा नेपालको विश्वलाई साथ



काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न नेपाल सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।

हरित यात्रामा एकसाथ अगाडि बढ्न नेपालले सबै मुलुकको साथ अपेक्षा गरेको औँल्याउँदै प्रधानमन्त्री ओलीले जलवायु उत्थानशील विकासको प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको र कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील रहेको जनाएका छन् ।

जलवायु सम्मेलनलाई गरेको सम्बोधन गर्दे उनले विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवद्र्धनमा जोड दिएको बताएका छन् ।प्रधानमन्त्री ओलीले कोभिड–१९ ले कोप–२६ स्थगित गर्न बाध्य तुल्याए पनि सफा एवं हरित धर्ती निर्माण सम्बन्धी अभियान स्थगित हुन नसक्नेसमेत बताएका छन् ।

पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन नेपालले गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्