काठमाडौं, २८ मंसिर । तेह्रथुममा पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो कृषिस समूहले सिंचाईका लागि छथर गाउँपालिका वडा नम्बर ६ को सुदापमा निर्माण गरेको पोखरीमा पौडी खेल्न पुगेका बालिकाहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ८ वर्षीया सुहाना लिम्बू, ७ वर्षीया रञ्जना लिम्बू र ६ वर्षीया रोजनी लिम्बू छन् । तीनैजनाको शव पोखरीमा डुबेको अवस्थामा फेटिएको छ । बालिकाको मृत्युपछि उक्त क्षेत्र सोकाकुल छ ।