Logo

नेकपा स्थायी कमिटीको अर्को बैठक पुस १ गते



काठमाडौं, २८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही बेर बसेर स्थगित् भएको छ । अर्को बैठक आगामी पुष १ गते बस्ने भएको छ । आजको बैठकमा केन्द्रीय सदस्य कमान सिंह लामाको शोक प्रस्ताव पारित गरिएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए । Photo Source: Surya Thapa/Facebook



प्रतिक्रिया दिनुहोस्