Logo

हङकङमा पनि कोरोना भ्याक्सिनको खोप



एजेन्सी, २८ मंसिर । हङकङबासीले कोरोना भाइरसविरुद्वको खोप सन् २०२१ को जनवरीमा पाउने भएका छन् । हङकङकी कार्यकारी प्रमूख क्यारी ल्यामले शुक्रबार यस बारे जानकारी गराएकी छिन् ।

हङकङका ७५ लाख जनसंख्यालाई निशुल्क खोप प्रदान गर्ने ल्यामले पत्रकार सम्मेलनमा बताइन् । जनसंख्या भन्दा दोब्बर संख्यामा कोरोना खोप हङकङ सरकारले खरिद गर्ने समेत उनले विश्वास दिलाएकी छिन् । हङकङ सरकारले दूई कम्पनीसंग खोप प्राप्त गर्ने सम्झौता गरिसकेको उनको भनाई थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्