काठमाडौं, २८ मंसिर । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपूर एक समारेहबीच राष्ट्रिय योजना आयोगका उपाध्ययक्ष डा. पुष्पराज कँडेल ज्यूलाई गुर्वोको बेर्ना हस्तान्तरण गरि उक्त केन्द्रको परिसरमा गुर्जोरोपन गरिएको छ । साथै, १५७ केजी गुर्जोको काँचो टुक्रा डाँठ त्यस केन्द्रका कार्यकारी निर्देशक डा. राम आधार यादव लाई तथा किर्तिपूर नगरपालिका प्रमुख रमेश महर्जनसमेतलाई करिव २५०० गुर्जोको बेर्ना हस्तान्तरण गरि उपस्थित सबैलाई बेर्ना बितरण गरिएको अभियन्ता कमलबहादुर राजलवटले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
गुर्जोको टुक्राको डाँठबाट उक्त केन्द्रले कोरोना पोजिटिभ देखिएकाहरूका लागि औषधि बनाएर बितरण गरिँदै आएको उनको भनाई छ। कार्यक्रमको अध्यक्षता केन्द्रका कार्यकारी निर्देशक डा. राम आधार यादव, प्रमुख आतिथ्य राष्टिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले गरेका थिए । गुर्जोको सेवनले कुनै साईड ईफेक्ट नहुने समेत जानकारी डा. यादवले गराएका थिए।
कार्यक्रममा किर्तिपूरका स्थानीयहरूको समेत राम्रो सहभागिता रहेको थियो । गुर्जो हरेक नेपालीको घर घरमै पुगोस, सबै नेपाली निरोगी भई नेपाल नै निरोगी बनोस भन्ने अभिप्रायले गुर्जोका अभियानमा लागेका कमल बहादुर राजलवटले यो अभियान चलाएका हुन ।
कार्यक्रममा सहभागी सबैलाई गुर्जोको चिया खुवाउदै गुर्जोको चिया प्याकेट समेत वितरण गरियो । त्यस्तै, हिजो दिउँसो नै नयाँबानेश्वरस्थित् सचेतना मार्गमा प्रतिनिधि सभाका सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा ३०० गुर्जोको बेर्ना तथा गुर्जोको धुलो औषधि समेत वितरणको सेवा गरिएको थियो ।