Logo

पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी उपचारमा जाने मनोज गजुरेलको घोषणा



मंसिर २९, काठमाण्डौ । सम्बन्धबिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी कारबाही गर्ने भएका छन् ।

केही दिनअघि मात्रै आफूले अर्को विवाह गर्न लागेको कुरा सार्वजनिक गरेपछि गजुरेलकी पूर्व पत्नी मिनाले अनावश्यक प्रचार र आरोप लगाउँदै आएकी थिइन् ।

मिनाले विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गरेकाले कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नभएको मनोजले बताएका छन् ।

सामाजिक संजालमार्फत मनोजले कानुनअनुसार सम्बन्धविच्छेद गरेपछि सकिएको सम्बन्धमा फेरी मिनाले अनावश्यक तर्कहरु गर्न थालेको गुनासो गरेका छन् । मिनाले तनाबको श्रृखलालाई बढाउँदा घर परिवारसम्म असर परेको उल्लेख गर्दै बाध्य भएर कानुनी उपचारमा जान लागेको बताएका छन् ।

“सकिएको सम्बन्धको आधारहिन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।” उनले स्टाटसमा लेखेका छन् ।

मनोजले अंश सहित आफुसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएको रहस्य पनि खोलेका छन् । साथै मिना र आफूबीच कुनै लेनदेन बाँकी नरहेको पनि प्रष्ट पारेका छन् ।

मनोजले मिनाको अन्तरवार्ता लिँदा सचेत भइदिन पत्रकारहरुलाई पनि आग्रह गरेका छन् ।

https://www.facebook.com/gajubook/posts/10159226460396474



प्रतिक्रिया दिनुहोस्