काठमाडौं, ३० मंसिर । संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित् भएका छन् । तर, सभामुख सापकोटाको अनुपस्थितिका बावजुद पनि बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार संवैधानिक परिषदको बैठकमा सभामुख सापकोटा उपस्थित् छैनन् । उनले सार्वजनिक गरेको तस्विरअनुसार बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना सहभागी छन् ।