Logo

मोर्डना भ्याक्सिन कम्पनी बन्यो साइबर आक्रमणको शिकार



एजेन्सी, ३० मङ्सिर । मोर्डना भ्याक्सिन कम्पनी साइबर आक्रमणको शिकार बनेको छ । कम्पनीले साइबर आक्रमणबाट आफ्ना केही महत्वपूर्ण डकुमेन्ट चोरी भएको बताएको हो ।

खास कुरा भनेको कम्पनीलाई यस कुराको बारेमा जानकारी नै थिएन । यसबारे पहिलो सूचना यूरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले दिएको थियो ।

द गार्जियनको एक रिपोर्टका अनुसार, यो डकुमेन्ट त्यो समयको हो, जब कम्पनीले कोरोना भ्याक्सिनको स्वीकृतीका लागि सरकार समक्ष दस्तावेज पठाइरहेको थियो । यस क्रममा उक्त डकुमेन्ट चोरी भएको बताइएको छ ।

ईएमएले जानकारी दिनु महत्वपूण थियो किनकि यो यूरोपेली देशहरुमा भ्याक्सिनलाई अनुमति दिन नियामक निकाय हो । उसले कयौँ महिना पहिले नै केही कम्पनीहरुको भ्याक्सिनको डाटा तलमाथि हुनसक्ने भन्दै आशंका व्यक्त गरेको थियो ।

फाइजर र बायोएनटेक कम्पनीमाथि पनि साइबर आक्रमणका कयौँ प्रयास भएको र त्यो असफल भएको बताइएको छ । मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्