Logo

संवैधानिक परिषदको बैठकमा देउवा नजाने



काठमाडौं, ३० मंसिर । आज साँझ तय भएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । देउवा निकट काँग्रेस नेता रमेश लेखका अनुसार अध्यादेश ल्याएकोमा असन्तुष्ट हुँदै देउवा बैठकमा सहभागी नहुने भएका हुन् ।

‘संसद बैठक डाक्नुपर्ने बेलामा सरकारले अध्यादेश ल्याएर गम्भीर गल्ती गरेको छ,’ नेता लेखकले भने । उनले अध्यादेशमार्फत् देश चलाउन खोजिएकोमा मान्य नहुने बताए ।

यसअघि आज विहान विपक्षी दलका नेता देउवा संवैधानिक परिषदको बैठकमा सहभागी थिए । २८ मंसिरको बैठकमा उनी सहभागी भएका थिएनन् । आजको बैठकमा सहभागी भएपछि ओली र देउवाबीच संवैधानिक नियुक्तिमा सहमति बनेको आँकलन गरिएको थियो ।

आज मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश सिफारिश गर्ने निर्णय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश आजै जारी गरिसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्