काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको उक्त असंवैधानिक र निरंकुश कमदलाई असफल बनाएरै छाड्ने उद्घोष गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले लेखेका छन्, संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने! @kpsharmaoliसरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट! जनताको साथ र शक्तिबाट!!”