काठमाडौं, ३० मंसिर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा अर्को विनाशकारी अध्यादेश आउनसक्ने औल्याएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो अध्यादेश ल्याउन सक्ने औल्याएका हुन् ।
आज ट्वीट गर्दै भट्टराईले अर्को विनाशकारी अध्यादेश अघि नै संसदको अधिवेशन बोलाउन भनेका छन् । उनले गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिने लागेको टिप्पणी समेत गरेका छन् ।
आज प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि भट्टराईको कडा टिप्पणी सार्वजनिक भएको हो ।
भट्टराईले भनेका छन्ः त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्? त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त?अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊॅ!।