Logo

अध्यादेशको असरः काँग्रेसले बोलायो आकस्मिक बैठक



काठमाडौं, ३० मंसिर । नेपाली काँग्रेसले बुधबारका लागि आकस्मिक बैठक डाकेको छ । सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक डाकिएको हो ।

बैठकमा सरकारले हालै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे छलफल गरी काँग्रेसले भावी रणनीतिको तयारी गर्ने बुझिएको छ । काँग्रेसले अध्यादेशको विरोध गरिसकेको छ । उसले यसविरुद्ध संघर्षका कार्यक्रम पनि गर्न सक्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्