काठमाडौं, १ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार जारी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशबारे धारणा बनाउन बोलाईएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक शुरू भएको छ । सभापति देउवाले भने हिजै अध्यादेशको विरोध गरेका थिए । उनी हिजो साँझ बसेको बैठकमा सहभागीसमेत भएका थिएनन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम