Logo

ओलीले संसद अधिवेशन डाक्न सिफारिश गर्लान् ?



काठमाडौं, २ पौष । प्रधानमन्त्री केपी शर्मा ओली हिजो संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएका छन् । त्यसका लागि उनको दुईवटा शर्त पूरा भएको छ । विशेष अधिवेशनको मागका लागि निवदेन दर्ता फिर्ता लिने र प्रचण्डले दर्ता गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्ने । यसबाट उनी तत्काल संसद अधिवेशन बोलाउने पक्षमा नदेखिएको प्रष्ट भएको छ ।

संसद अधिवेशन बोलाउन मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपति कहाँ सिफारिश गर्नुपर्ने हुन्छ । राष्ट्रपतिले अधिवेशन बोलाउने हो । तर, ओली तत्काल त्यो निर्णयको पक्षमा छैनन् । ओलीले अझै सत्ता संकट टरेको देखेका छैनन् । उनले अध्यादेशलाई अस्त्र बनाएर पटक पटक विरोधीलाई पछि हट्न वाध्य बनाएका छन् । संसद अधिवेशन बोलाए अध्यादेश ल्याउन मिल्दैन ।

कुनैपनि बेला सत्ता संकटको सम्भावना रहेकै छ । अधिवेशन बोलाए अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना पनि छ । ओली यसप्रति शतर्क छन् । त्यसैले उनी संसद अधिवेशनको नामै सुन्न चाहँदैनन् ।

ओलीले हिजो विशेष अधिवेशन डाक्न निवेदन लिन गएका भीम रावलप्रति पनि आक्रोश पोखेका छन् । कसलाई सोधेर निवेदन दर्ता गर्न गएको भनी आक्रोश पोखेका थिए । रावलले पनि कस्लाई सोधेर अध्यादेश ल्याएको ? भनी प्रश्न गरेपछि भनाभन भयो ।



प्रतिक्रिया दिनुहोस्