Logo

विश्वभर कोरोना संक्रमितको संख्या सात करोड ४५ लाख नाघ्यो



काठमाडौं, पुस २ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या सात करोड ४५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म सात करोड ४५ लाख ३४ हजार एक सय ५५ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये १६ लाख २५ हजार दुई सय २६ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म पाँच करोड २३ लाख ७२ हजार पाँच सय ३४ जनाले कोरोना जितेका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा एक करोड ७३ लाख ९२ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको । त्यहाँ तीन लाख १४ हजार पाँच सय ७७ जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, भारतमा ९९ लाख, ५१ हजार ७२ संक्रमितमध्ये एक लाख ४४ हजार चार सय ८७ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमित संख्या अहिलेसम्म दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ । त्यसमध्ये दुई लाख ३८ हजार पाँच सय ६९ जनाले कोरोना जितेका छन । हालसम्म नेपालमा १७ सय ४३ जनाले कोरोना संक्रमणकै बेला ज्यान गुमाएका छन ।

 



प्रतिक्रिया दिनुहोस्