Logo

भक्तपुरको रिसोर्टमा युवतीमाथि सामूहिक बलात्कार



काठमाडौं, २ पुस ।भक्तपुरको एक रिसोर्टमा युवतीमाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जागीर लगाइदिने प्रलोभन देखाएर चाँगुनारायण नगरपालिका ७ हेल्मेटडाँडामा रहेको बाटोमाथिको रिसोर्टमा पुर्याएर १७ वर्षीया किशोरीलाई दुई युवाले जबरजस्ती करणी गरेका हुन्। करणीमा संलग्न दुई र उनीहरुलाई सहयोग गर्ने दुई गरी चार युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

करणी आरोपमा पक्राउ पर्नेमा बझाङ थलारा गाउँपालिका २ घर भई काठमाडौं शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्याय र तनहुँको म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई चाँगुनारायण ७ बस्ने २० वर्षीय प्रदीप कुँवर छन्।

त्यसैगरी सोही रिसोर्टमा काम गर्ने काभ्रेको भुम्लु गाँउपालिका २ डटुवाका २१ वर्षीय प्रदीप केसी र गोरखाको गोरखा नगरपालिका ९ लक्ष्मीबजार घर भएका २२ वर्षीय अश्विन कुँवर पनि पक्राउ परेका छन्। उनीहरुले किशोरीलाई बलात्कार गर्न सहयोग पुर्याएको आरोप प्रहरीको छ।

प्रहरीका अनुसार उपाध्याय र कुँवरले रेष्टुरेन्टमा जागीर लगाइदिने भन्दै ललाइफकाइ किशोरीलाई गएको मंगलबार रिसोर्ट पुर्याएका थिए। किशोरी रिसोर्ट पुगेपछि अन्य दुई युवाले ढोका बन्द गरेर बलात्कारमा सहयोग गरेको पाइएका डिएसपी गिरीले बताए।-दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्