Logo

वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहन्छ : डा. भट्टराई



काठमाडौं, ३ पुष । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घट्नाक्रमले पुष्टि गरिसकेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई ईतिहासले क्षमा नगर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो लेखेका हुन् । उनले भनेका छन्,‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके।अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग,अविस्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है!”



प्रतिक्रिया दिनुहोस्