Logo

रुसद्वारा नागोर्नो काराबाख क्षेत्रमा रहेका ६ हजार बम डिफ्युज



एजेन्सी, ३ पुस । रुसी कमब्याट् इन्जिनियरर्सले नागार्नो काराबाख क्षेत्रका करिब २०० हेक्टर जमिनमा फैलिएको एक्सप्लोजिब र बमलाई डिफ्युज गरेका छन् । यस विषयको जानकारी डिप्युटी चिफ अफ रुसी पिसकिपीङ फोर्स डिमीत्री पेरेपेल्किनले बिहीबार जानकारी गराएका हुन् ।

फोर्सले उक्त क्षेत्रको करिब १८५ हेक्टर जमिन रहेको माइन्स र ६० कि.मी रोडमा बिझिएको एक्सप्लाजिब डिफ्युज गरिएको छ । सबै मिलाएर करिब उक्त क्षेत्रमा ६ हजार माइन्सलाई फार्सले पत्ता लगाई डिफ्युज गर्न सफल भएका थिए । उक्त क्षेत्रमा रहेको ४ सय ५ घरहरु समेतलाई जाचँ गरेका थिए ।

त्यस क्षेत्रमा कार्यरत सैनिक चिकित्सकलाई नजिकको स्थानिय क्षेत्रमा सारिएको छ । उक्त क्षेत्रमा रहेको रेड क्रस संगको सहकार्यमा फोर्सले अर्मेनिया र अखजरबैजानको द्वन्द्वमा मरेको शवहरुलाई सम्बन्धित ठाँउमा पुर्याउने काम जारी रहेको छ भने हराएका मानिसहरुको खोजी कार्य तीव्र गतीमा जारी रहेको छ ।

विवादित क्षेत्र नागार्नो र काराबाखका लागि सेप्टेम्बर २७ मा पुनः भड्किएको ढंगाले भयावह रुप लिन पुगेको थियो । नोभेम्बर ९ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अजरबैजानी र अर्मेनियन प्रधानमन्त्रीले संयुक्त रुपमा विवादीत क्षेत्रमा नोभेम्बर १० देखि लागु हुने गरि युद्वविरामको घोषणा गरेको छ । रुसले उक्त क्षेत्रमा विवाद कम गर्न आफ्नो सैनिक बललाई तैनाथ गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्