Logo

गरिब मुलुकहरुले सन् २०२२ सम्ममा पनि खोप पाउन कठिन हुने



एजेन्सी, ३ पुस । कोरोना महामारीले थलिएको विश्व तत्काल खोपको प्रतिक्षा रहेको कतिपय धनी मुलुक आफ्ना नागरिकका लागी खोप वितरण प्रक्रियामा समेत गइसकेको छ । खोप बजारमा पर्याप्त मात्रामा उपलब्ध भए महामारीको अन्तय हुने सम्पूर्णले आशा राखेको छ ।

महामारी सुरुभएसंगै १६ लाख मानिसको ज्यान गएको छ । यसैबीच अमेरिका, बेलायत र अरबले खोप वितरण कार्य सुरु गरिसकेको छ । ठूला र धनी राष्ट्रहरुले खोपको एक डोज सम्पूर्ण नागरिकलाई पुग्ने गरि कार्य सुरु गरिसकेको छ ।

धनी राष्ट्रहरुले खोप नागरिकमा वितरण गरेपनि मात्र विश्वको कुल जनसंख्या मध्ये केबल १४ प्रतिशतले खोप लिन सक्ने जोन हपकिङस ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थको अध्ययनले देखाएको छ । २०२१ मा १३ वटा खोप उत्पादन कम्पनीले खोप वितरण गर्ने छ । यस कारण गरिब मुलुकले आफ्ना नागरिकका लागि खोप लिन पनि गाह्रो हुने अध्ययनले देखाएको हो । खोप उत्पादक कम्पनीले सुरक्षीत र प्रभावकारी खोप निर्माण गरेपनि सम्पूर्ण विश्वका नागरिकलाई पुग्ने गरि करिब दूई वर्ष सम्म लाग्ने अध्ययनको निश्कर्ष छ ।

नोभेम्बरको मध्ये सम्म करिब ७ अर्ब ४८ करोड डोज निर्माण भएको छ यो संख्याले केबल ३ अर्ब ७६ करोड मानिसलाई मात्र उपलब्ध हुने छ । एक व्यक्तिको लागि दूई डोज आवश्यक पर्ने कारण यसको उत्पादन र विरतण निकै कठिन हुने अध्ययनले देखाएको छ । सन् २०२१ सम्ममा कम्पनीहरुले अत्याधिक उत्पादन गर्यो भने यसले ५ अर्ब ९६ करोड मानिसलाई पुग्ने छ ।

विभिन्न कम्पनीहरुद्वारा उत्पादन भएको खोपको ४० प्रतिशत खोप गरिब र मध्यम बर्गिय देशहरुलाई वितरण गरिनेछ । गरिब मुलुकलाई खोप पुग्ने धनी मुलुकको वितरणले तथ्यांकलाई प्रष्ट्याउने अध्ययनले जनाएको छ । विश्वव्यापीरुपमा खोपको उत्पादन र बितरणमा पारदर्शिता र जावफदेहिता बलियो हुनु पर्नेमा अध्ययनको जोड छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्