Logo

रुसी खोप तीन देखि चार महिनासम्म प्रतिरक्षा प्रणालीको विकास गर्न सक्षमः अन्वेषक



एजेन्सी, ३ पुस । रुसद्वारा उत्पादीत सामान्य कारोनाविरुद्वको खोपले शरीरमा करिब तीन देखि चार महिनासम्म प्रतिरक्षा प्रणालीको विकास गर्न सक्षम रहेको अन्वेषकहरुले बताएका छन् । खोप लिएको तीन साता भित्र प्रतिरक्षा प्रणालीको विकास सुरु हुने र यसले करिब तीन देखि चार महिनासम्म विकास गर्ने विश्वास अन्वेषकहरुको भनाइ छ ।

राष्ट्रपति पुटिनले वार्षिक पत्रकार सम्मेलनमा सामान्य कोरोनाविरुद्वको खोपले तरुन्तै आवश्यकता परेका व्यक्ति माथि प्रयोग हुने गरी निर्माण गरेको जनाएका थिए । यस खोपले एकैपटक थुप्रै मानिस भ्याक्सिनेशन गर्न सक्षम हुन समेत उनले बताए । सामान्य खोपको प्रभाव करिब ८५ प्रतिशत र बढी उमरका मानिसमाथि कम प्रभावकारी हुने अनुमान गरिएको छ । उक्त खोपले अस्पतालमा उपचारत अवस्थामा रहेको संक्रमितको संख्यालाई न्युनीकरण गर्न सफल हुनेछ । सानो समयमा छिट्टै मृत्यु दर कम गर्न र संक्रमित संख्या न्युनीकरण गर्न यसले मूख्य भूमिका खेल्ने छ । उक्त खोप अन्य देशलाई बितरण गर्ने वा सोही देशमा रुसी प्रविधिका साथ खोपको विकास गरिनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्