Logo

‘अब १०–१२ दिन असाध्यै निर्णायक’



काठमाडौं, पुस ४ । सत्तारुढ दल नेकपाभित्रको विवाद ‘भुसको आगो’झैं भित्रभित्रै दन्किँदो छ। समाधानको सूत्र खोजी सहमतिको दिशामा जाने होइन कि विगतमा एकले अर्को पक्षलाई गरेका व्यवहार आद्योपान्त कोट्याउँदै विवाद बढाउनेतिर लागेको देखिन्छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार साँझ बालुवाटारमा भेट पनि छलफल आरोप÷प्रत्यारोपमै अल्झिएको छ।

जसरी विवाद चर्किंदै गएको छ उसरी नै दुवै पक्षका गुटगत भेला तीव्र गतिमा हुन थालेका छन्। दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रदेश १ अन्तर्गतका जिल्ला पदाधिकारीको भेला शुक्रबार पेरिसडाँडास्थित जनवर्गीय संगठनको केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ। ओली पक्षका नेताले पनि मदन भण्डारी फाउन्डेसनमार्फत जिल्लास्तरीय भेलालाई तीव्र बनाइरहेका छन्।

दाहालले पेरिसडाँडा भेलामा कि सहमति कि विभाजन कि संसद्बाटै संकट सामना गरेर जानुपर्ने निर्णायक अवस्थामा नेकपा पुगेको बताएका थिए। दाहाल र नेपाल शुक्रबार गुट भेलामा सहभागी मात्रै भएनन्, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरे। दुवै पक्षले उक्त भेटमा के कुरा भयो भनेर खुलाएका छैनन्।

भेलामा प्रदेश १ का १४ जिल्लाका जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तथा केन्द्रीय सदस्य सहभागी रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्