काठमाडौं, ४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । दाहाललाई भेट्न प्रधानमन्त्री ओली आज विहान खुमलटार पुगेका हुन् ।
पार्टीभित्रको विवाद बढिरहेको बेला प्रधानमन्त्री ओलीले दाहाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उक्त भेटवार्तामा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । दाहाल र गौतमसँगको भेटवार्ता सकेर प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री क्वाटर पुलचोक पुगेको बताईएको छ। फोटो: राजन काफ्ले/प्रम ओलीको सचिवालय