Logo

संसद बिघटनको सिफारिश



काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद बिघटनको सिफारिश गरेका छन् । उनले उक्त निर्णय गरेर बैठकबाट निस्किएका हुन् ।

संसद बिघटनको सिफारिश राष्ट्रपति समक्ष पेश हुनेछ । राष्ट्रपतिले यसलाई जारी गर्नुपर्ने हुन्छ ।

मन्त्रिहरु प्रधानमन्त्रीको निर्णयबाट आश्चर्यचकित भएको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छन् ।



प्रतिक्रिया दिनुहोस्