Logo

उपेन्द्र यादवले भने : संसद विघटन सिफारिश गलत कदम, यो लोकतन्त्र र सिस्टममाथिको कू हो



काठमाडौं, ५ पुष । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद विघटन गर्न सिफारिश गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र गलत कदम भएको संज्ञा दिएका छन् । पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले भने,संसद विघटन गलत कदम हो । राष्टपतिले यो कदममा साथ दिनुहुँदैन । लोकतन्त्र र संघीयतामाथि कू भयो । हामी सशक्त रुपमा यसको विरोधमा प्रतिवाद गर्छौं ।” आज आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। FILE PHOTO



प्रतिक्रिया दिनुहोस्