काठमाडौं, ५ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिक असंवैधानिक र गलत कदम भएको भन्दै त्यसको सशक्त रुपमा प्रतिवाद गर्ने भएको छ । कांग्रेसले अहिले आकस्मिक रूपमा पदाधिकारी बैठक समेत बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई बोलाइएको छ । File Photo