काठमाडौं, ५ पुष । पूर्व माओवादी खेमाबाट मन्त्री बनेका पाँच जना मन्त्रीहरुले राजीनामा दिने तयारी थालेका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला उनीहरुले राजीनामा दिन लागेको स्रोतको दाबी छ । आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सल्लाह नै नगरी संसद विघटन गर्न सिफारिश गर्ने निर्णय गरेका थिए । उर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखेरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले राजीनामा दिने तयारी गरेका छन् । File Photo