काठमाडौं, ५ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा छलफल गरेका छन् । अपरान्ह बालुवाटारमा प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग छलफल गरेको ओलीको सचिवालयले जनाएको छ । उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए । तस्विर : सूर्य थापा