Logo

प्रतिनिधिसभा बिघटन अगावै संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव (पत्रसहित)



काठमाडौं, ५ पौष । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले निर्णायक मोड लिएको दिन । आजको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकी संसद बिघटनको सिफारिश गरे जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिन् । तर, ओलीले संसद बिघटनको सिफारिश गर्नु अगावै प्रतिनिधिसभामा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ ।

सभामुख अग्नीप्रसाद सापकोटालाई सम्बोधन गरी अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । विहान साँढे १० बजे प्रतिनिधिसभामा उकत प्रस्ताव दर्ता भएको देखिन्छ । उक्त दिनको दर्ता नं १ मै प्रस्ताव दर्ता भएको छ ।

अविश्वासको प्रस्तावमा प्रधानमन्त्री ओली देश र जनताको हितमा संवेदनशील र गम्भीर नभएको आरोप छ । जसका कारण जनताको अविश्वास बढ्ने र दलको लोकप्रियतामा ह्रास हुने स्थिति सृजना हुने अवस्था बन्नथालेको भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्