Logo

ओलीलाई पार्टीबाट निष्काशन गर्नुपर्छः नेकपा नेता गणेशमान पुन



काठमाडौं, ६ पौष । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सांसद गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य र पार्टीबाटै निष्काशन गर्नुपर्ने बताएका छन् । । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आज प्रतिगामी कदम चालेकाले कारबाहीको भागिदार भएको बताए ।

पुनले भने,‘प्रधानमन्त्रीबाट असंवैधानिक र अलोकतान्त्रिक कदम चालिएकाले केन्द्रीय सदस्य र पार्टी सदस्यबाट समेत निष्काशन गर्नुपर्छ ।’ ओलीमाथि कारबाही गरी नेकपालाई एकतावद्ध बनाएर जानुपर्ने बताए ।

संसद बिघटनलाई गैरसंवैधानिक भन्दै संसद पुनःस्थापित हुनुपर्ने तर्क गरे । ओलीको कदमलाई प्रतिगामी भन्दै देश र जनतामाथि धोका दिएको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले मूर्ख कदम चालेको आरोप लगाए । उनले भने,‘यसविरुद्ध आन्दोलनका रुपमा जानुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्