एजेन्सी, ९ पुस । नेपालको विश्वासनिय एयरलाइन बुद्व एयरले ठूलो त्रुटि गरेको छ । डिसेम्बर १८ मा बुद्व एयरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जनकपुरकोे लागि उडान भर्ने क्रममा पोखरा पुग्यो । उक्त घटना विमान र एयरपोर्टबीचको सञ्चारमा समन्यवको कमी भएको कारण जनकपुर जाने विमान पोखरा अवतरण भएको बुद्व एयरकी कार्यकारी अधिकृत आस्था बस्नेतको भनाई उदृत गर्दै सीएनएनले लेखेको छ ।
जाडो मौसममा नेपालका प्राय जसो विमानस्थल ढिलो खुल्ने गर्दछ । यात्रुहरु गलत विमानस्थलमा पुगेको थाहा पाएपछि उक्त विमानको पाइलटले यात्रुहरुलाई जनकपुर पुर्याउने बाचा गरेका थिए । पोखरा देखि जनकपुरसम्मको डाइरेक्ट फ्लाइट नभएको कारण उक्त विमानलाई उडान भर्न विशेष अनुमति दिइएको थियो ।
विमानमा ६९ जना यात्रु रहेका थिए । त्यसमध्य ६६ जना बयस्क उमेरका थिए भने तीन जना बच्चा रहेको थियो । बुद्व एयर १९९६ मा स्थापित भएको थियो । समेही वर्षबाट बुद्व एयरले उडान सुरु गरेको थियो । यस्तै प्रकारको घटना सन् २०१९ मा ब्रितिश एयरवेजसित पनि भएको थियो । लण्डनबाट उडान भरेको विमान डसेल्डोर्फ बवतरण हुनु पर्ने ठाँउमा विमान झुक्किएर एडिनवर्ग अवतरण भएको थियो ।-File Photo