काठमाडौं, १० पौष । आज साँझ मन्त्रिपरिषद बैठक बस्ने भएको छ । साँझ ५ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।
सातजना मन्त्रीहरुको राजीनामापछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्न लागेको हो । आजको बैठकमा अध्यादेश र नयाँ मन्त्री थप्नेबारे छलफल हुने बुझिएको छ ।
प्रधानमन्त्री ओलीले आज या भोलि मन्त्रिमण्डल पुर्नगठन गर्दैछन् । त्यसको अन्तिम तयारीमा पुगेको बुझिएको । हिजो नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिमण्डल पुर्नगठनबारे जानकारी दिएका थिए ।