Logo

प्रधानमन्त्री ओलीद्वारा नयाँ मन्त्री नियुक्त, सबै पूर्व माओवादी (सुचीसहित)



काठमाडौं, १० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा पाँचजना पूर्व माओवादी नेताहरु छन् । उनीहरुमध्ये तीनजना स्थायी कमिटीमा पनि छन् ।

मन्त्री नियुक्त हुनेहरुमा टोपबहादु रायमाझी ऊर्जा, मणि थापा पर्यटन र प्रभु साह श्रममन्त्री छन् । उनीहरु सबै विगतमा प्रचण्ड पक्षीय हुन् । रायमाझी र थापाले दुई दिन अघि नै कित्ता परिवर्तन गरिसकेका छन् । प्रभु साह भने आजै ओली पक्षमा गएका हुन् । यसैगरी, शिक्षामा दावा लामा र खानेपानी मन्त्रालयमा गौरीशंकर चौधरी नियुक्त भएका छन् ।

लामा रामबहादुर थापा बादल निकट हुन् । चौधरी विगतमा प्रचण्डनिकट थिए ।

मन्त्री बन्नेको सुची

टोपबहादुर रायमाझी-उपप्रधानमन्त्री तथा ऊर्जा
मणि थापा,-पर्यटन
प्रभु साह- श्रम
दावा लामा- शिक्षा
गौरीशंकर चौधरी- खानेपानी



प्रतिक्रिया दिनुहोस्