पुष १०, काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि दबाब सृजना गर्न राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंले भोलि शनिबार राजधानीमा बृहत मोटरसाइकल ¥याली गर्ने भएको छ ।
संगठनको काठमाण्डौ अध्यक्ष रिद्धि प्रताप राणाले ¥याली बबरमहलबाट ११ः३० मा सुरु भइ त्रिपुरेश्वर, शहिद गेट, न्यूरोड गेट, रानीपोखरी हुँदै दरबार मार्गमा पुगेर कोणसभामा परीणत हुने जानकारी दिए । ¥यालीमा राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको उपस्थिति रहने राप्रपाका युवा नेता हिकमत जंग कार्कीले जानकारी दिए ।
राप्रपा एवं उसका भातृ संगठनहरुले यसअघि पनि बिभिन्न जिल्लामा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षमा र्याली एवं कोणसभाको आयोजना गर्दै आएका छन । सोही क्रममा भोली काठमाडौंमा मोटरसाइकल तथा कार र्यालीको आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केंद्रीय उपाध्यक्ष तथा युवा नेता कैलाश कटवालले जानकारी दिए ।
-फाइल तस्वीर