Logo

विपद्मा परेका परिवारलाई राहत



बनेपा, ११ पुस: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले विपद्मा परेका घरपरिवारलाई सहयोग रकम वितरण गरेको छ । यो वर्षमा विपद्का कारण समस्या खेप्दै आएका त्यहाँका ११ घरपरिवारलाई राहतस्वरुप चेक प्रदान गरिएको हो ।

चेक प्रदान गर्नेमा वडा नं १ विन्दुमाया तामाङ, वडा नं ४ का मिञ्जु विक, सन्तोष चिमोरिया, नवराज चिमोरिया, केही महिना अगाडि बाढीपहिरोले घरमा क्षति भएकामा रु १० हजारका दरले चेक वितरण गरेको छ । वडा नं ४ कै बेनीप्रसाद काफ्लेको गोठमा रहेको भैँसी विद्युत् चुहावट भएर करेन्ट लागेर मरेकामा उनलाई राहतस्वरुप रु सात हजारको चेक हस्तान्तरण गरिएको हो ।

त्यस्तै विद्युत् चुहावट भई घर जलेर नष्ट भएका वडा नं ६ का कोपिला केसी, वडा नं ७ का कल्याणकान्त न्यौपाने, वडा नं ८ का कृष्णराम श्रेष्ठ, वडा नं १० का राधा नेपाली र हरिप्रसाद पाठक, अम्बरबहादुर दमाईलगायतलाई राहतस्वरुप चेक वितरण गरियो । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले विभिन्न कारणले भौतिक र पशुधन क्षति भएका नगरवासीलाई नगरपालिकाले यही वर्षदेखि कार्यविधि निर्माण गरी विपद्मा परेका पीडित परिवारलाई आर्थिक सहयोगको चेक हस्तान्तरणको अभियान शुरु रिएको बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्