Logo

ओली र प्रचण्डलाई मिलाउन यी चिनियाँ उपमन्त्री आउँदै



काठमाडौं, ११ पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपछि चीनको चासो ह्वात्तै बढेको छ । नेकपा एकीकरणको जस लिदै आएको चीनले विभाजन विगतमा विभाजन रोक्न सक्रियता देखाएर सफलता समेत हासिल गरेको थियो । तर, यसपटक चीनले सबै प्रयासका बाबजुद नेकपा विभाजन रोक्न सकेन ।

चिनियाँ राजदूत होउ यान्छी यो हप्ताभर नेकपा एकताका लागि प्रयास गर्दै दौडधुप गरिरहिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मङ्गलबार, प्रचण्डलाई बिहिबार र शुक्रबार माधवकुमार नेपाल, कृष्णबहादुर महरा र वर्षमान पुनलाई भेटेकी छिन् । सबै भेटमा छलफल नेकपा विभाजनपछिको राजनीतिक भविष्यबारे केन्द्रित रहेको थियो ।

राजदूत यान्छीले नेकपा एकता पुनःस्थापित गर्ने प्रयास असफल भएपछि चीनबाट उच्च तहको भ्रमण हुने भएको छ । भोलि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यहु आउने भएका छन् । उनी चार सदस्यीय टोलीसहित आइतबार विहानको चाइना साउर्थन एयरलाइन्सको उडानबाट काठमाडौ) उत्रदैछन् ।

यहुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई समेट भेट्ने कार्यक्रम रहेको छ । यो टोलीले नेकपाको दुवै समूहलाई भेटेर एकता पुनःस्थापित गर्ने प्रयास गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्